प्रशासकीय सहायक (Administrative Assistant) सम्बन्धी सूचना

 

प्रशासकीय सहायक (Administrative Assistant) सम्बन्धी सूचना

सुचना प्रकाशन भएको मितिः २०७९ साउन १० बुधबार

 

मानव अधिकार, सुशासन, सामाजिक न्याय र मानवीय सहायताको क्षेत्रमा विगत एक दशक देखि क्रियाशील मानव अधिकारवादी संस्था फ्रिडम फर अल नेपाल (फान) ले यसको परिकल्पना तथा ध्येय अनुसार निरन्तर मानवअधिकारको संरक्षण तथा संवद्र्धन गर्ने कार्यमा अहोरात्र सक्रिय तवरले लागिरहेको  

हाल यस फ्रिडम फर अल नेपाल (फान) को  केन्द्रिय कार्यालय काठमाडौँ नक्शालमा  प्रशासकीय सहायक (Administrative Assistant) आवश्यक भएकोले ईच्छुक तपसिलको योग्यता पुगेका उम्मेदवारहरुले दरखास्त पेश गर्नुहुन यो सुचना प्रकाशन गरिएको    

 

पदको प्रकारः                    प्रशासकीय सहायक (Administrative Assistant)

आवश्यक संख्याः               १ जना

कार्यक्षेत्रः                         केन्द्रिय कार्यालय, नक्शाल-नागपोखरी, काठमाडौँ  

अवधिः                            २ बर्ष (निरन्तर हुने सम्भावना समेत रहेको) 

सेवा सुविधाहरुः                 संस्थाको  नियमानुसार उपलब्ध गराईनेछ ।

 

प्रमुख काम, कर्तव्यहरु

 

       कार्यालयका सम्पूर्ण कागजातहरु व्यवस्थित ढंगले व्यवस्थापन गर्नु पर्ने

       कार्यालयको हिसाब किताब व्यवस्थापन गर्ने

       प्रतिवेदन तयार गर्ने

       संस्थाले दिएको जिम्मेवारीलाइ इमान्दारिता पुर्वक प्रतिबद्ध भएर काम गर्नु पर्ने

 

आवश्यक योग्यता तथा अनुभव

शिक्षा तथा अनुभवः

       सामाजिक विज्ञानका विषयहरु जस्तैः समाजशास्त्र, जनसंख्या, राजनीतिशास्त्र, कानुन वा अन्यमा न्युनतम प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्ती १ वर्ष मानवअधिकार, सामाजिक न्याय, मानवीय सहयोग वा सुशासनको क्षेत्रमा अनुभव भएको भएको व्यक्ति ।

 

 

अन्य योग्यताहरुः

 

       निवेदक सिक्न अभिप्रेरित, विश्लेषण क्षमता राम्रो भएको, संस्थाको नीति नियमअनुसार कार्य गर्न ईच्छुक, आफ्नो जिम्मेवारीभित्रको काममा पहल लिन सक्ने तथा सृजनात्मक , समयमा कार्य सम्पन्न गर्न सक्ने ।

       नेपाली - अंग्रेजी टाइपिंग जानेको ।

       अंग्रेजी भाषामा दखल राख्ने ।

       संचार दक्षता भएको

        

 

निवेदन पेश गर्ने तरिकाहरु

 

      माथि उल्लेखित योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले व्यक्तिगत विवरण (बायोडाटा)  वि.सं २०७९ साउन २० गते  कार्यालय समय भित्र उल्लेखित इमेल मार्फत निवेदन  पेश गर्नुहुन सुचित गरिन्छ । 

 

 

फ्रिडम फर अल नेपाल

ईमेलः humanrightfan2011@gmail.com;

 

संस्थाको बारेमा थप आवश्यक जानकारीका लागि  वेबसाईटः www.freedomforallnepal.org

        .

  

Our movement

FAN, in partnership with various sectors and bodies of government carries out social movement for the promotion of human rights, social justice, and good governance. We also promote the use of socio-political and economic rights through various public awareness programs, journalism, human rights education and communication technology.