आफ्नै पाँच वर्षको छाेरीलाई बलात्कार गरेको आराेपमा बाबू पक्राउ

  आफ्नै पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सप्तरीका एक ३८ वर्षीय पुरुषलाई प्रहरीले माघ १९ गते पक्राउ गरेको छ ।मादक पदार्थ सेवन गरेका आरोपितले माघ १६ गते  आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएको आधारमा अभियुक्तलाई नियन्त्रणमा लिइएको हो ।   कानूनबमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन् ।आइतबार स्वास्थ्य परीक्षणपछि उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।