कर्णालीकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली सँग फानको अनौपचारिक छलफल

कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली र मानव अधिकारवादि संस्था फ्रिडम फर अल नेपाल फान विच मानव अधिकार ,सामाजिक न्याय र सुशासनका सवालहरुको विषयमा अनौपचारिक छलफल भएको छ ।कर्णाली प्रदेशमा व्याप्त सामाजिक विकृतिहरु अन्त्य गरि पिछडिएको समुदाय ,महिला ,बालबालिका एव लक्षित वर्गको मानव अधिकारको उत्थानमा गर्न सकिने कार्यहरूको विषयमा अनौपचारिक छलफल भएको हो ।   देशभरका सात प्रदेशमा आफ्ना प्रतिनिधिहरु खटाएर मानव अधिकार ,सुशासन र सामाजिक न्यायको अवस्था अनुगमन गर्न सुरु गरेको फानले काम विषेशले काठमाडौ पुगेकि मन्त्री सीतालाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै माथि उल्लेखित सवालहरुको विषयमा जानकारी समेत गराएको थियो ।   कर्णालीमा लक्षित वर्गलाई विनियोजित रकम लक्षित वर्गकै पहुँचमा पुर्याउनु ,सामाजिक सुरक्षा भत्ता वितरण न्यायोचित तरिकाले गर्न ,शिक्षा स्वास्थ्य जस्ता नागरिकका आधारभुत विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रभावकारी रुपमा अनुगमन तथा कार्यनयनमा ध्यानदिनु पर्ने सुझाव मन्त्रीलाई फानका उपलब्ध पदाधिकारीले गराएका थिए ।   मन्त्री नेपालीले मानव अधिकार प्रवर्द्धन र संरक्षणमा नागरिक समाजका संघसंस्थाहरुको पनि महत्त्वपूर्ण भुमिका हुने भएकोले कर्णालीमा सबै पक्ष सँग सहकार्य गरेर गतिविधिहरु संचालन गरिने बताइन् ।उक्त अनौपचारिक भेटघाटमा फानका महासचिव खगेन्द्र ओली,सचिव डा जोमेश ओड,सदस्य कर्ण नेपाली,सदस्य देविसरा बादि लगाएतको सहभागीता रहेको थियोे ।   देशभरका सात प्रदेशमा आफ्ना प्रतिनिधिहरु खटाएर मानव अधिकार ,सुशासन र सामाजिक न्यायको अवस्था अनुगमन गर्न सुरु गरेको फानले काम विषेशले काठमाडौ पुगेकि मन्त्री सीतालाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै माथि उल्लेखित सवालहरुको विषयमा जानकारी समेत गराएको थियो ।   कर्णालीमा लक्षित वर्गलाई विनियोजित रकम लक्षित वर्गकै पहुँचमा पुर्याउनु ,सामाजिक सुरक्षा भत्ता वितरण न्यायोचित तरिकाले गर्न ,शिक्षा स्वास्थ्य जस्ता नागरिकका आधारभुत विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रभावकारी रुपमा अनुगमन तथा कार्यनयनमा ध्यानदिनु पर्ने सुझाव मन्त्रीलाई फानका उपलब्ध पदाधिकारीले गराएका थिए ।   मन्त्री नेपालीले मानव अधिकार प्रवर्द्धन र संरक्षणमा नागरिक समाजका संघसंस्थाहरुको पनि महत्त्वपूर्ण भुमिका हुने भएकोले कर्णालीमा सबै पक्ष सँग सहकार्य गरेर गतिविधिहरु संचालन गरिने बताइन् ।उक्त अनौपचारिक भेटघाटमा फानका महासचिव खगेन्द्र ओली,सचिव डा जोमेश ओड,सदस्य कर्ण नेपाली,सदस्य देविसरा बादि लगाएतको सहभागीता रहेको थियोे ।