Jun 21, 2021
पेट्रोल छर्केर श्रीमानले आगाे लगाउदा घाइते भएकी लक्ष्मीलाई आर्थिक सहयोग
गत जेठ १२ गते राती ११ बजकोे आसपासमा श्रीमानले आगो लगाएकी डोटी जिल्ला आदर्श गाँउपालिका वडा न. ४ की २८ वर्षीय लक्ष्मी भाटलाई आर्थिक सहयोग भएको छ । घटना घटेको १० दिनपछि हेलिकप्टर बाट काठमाडौँ ल्याएर हाल किर्तिपुर स्थित फेक्ट अस्पतालमा उपचारत भाटलाई मानव अधिकारबादी संस्था फ्रिडम फर अल नेपाल (फान) का काेषाध्यक्ष पुर्ण रसाइलीकाे अगुवाइमा संकलित रकम फानकाे तर्फ बाट वितरण गरिएको हाे । संकलित २५ हजार नगद रसाइलीकाे नेतृत्वमा फानका सचिव डाक्टर जाेमेश ओड ,रेधिका घलेले अस्पातलमै पुगेर लक्ष्मीलाई हस्तान्तरण गरेका हुन । यस्तै अस्पतालामै जलेर उपचार गराइरहेकि मुगुकि शुसिला बिकलाई रेधिकाले ब्यक्तिगत पाँच हजार रुपैया पनि सहयोग गरेकि छिन । घटनामा संलग्न श्रीमान सन्तोष घटना घटेको भोली पल्ट देखि फरार थिए ।प्रहरीले उनलाई एकहप्ता अगाडि धनगढी बाट पक्राउ गरेको छ । अत्यन्तै कमजोर आर्थिक अवस्था भएकी लक्ष्मीलाई दैनिक छाकटार्न पनि धौ धौ हुने गरेको हाल काठमाडौमा लक्ष्मीको कुरुवा गदै आएका स्थानिय अंकल नाता पर्ने सुरेश भाट बताउछन । अहिले सुरेश र उनकी श्रीमती लक्ष्मीको अभिभावकको रुपमा काठमाडौमा छन ।