फानका उपाध्यक्ष द्धारा श्रीमान बाट जलाइएकी लक्ष्मी भाटलाई सहयोग हस्तान्तरण

गत जेठ १२ गते राती ११ बजकोे आसपासमा श्रीमानले आगो लगाएकी डोटी जिल्ला आदर्श गाँउपालिका वडा न. ४ की २८ वर्षीय लक्ष्मी भाटलाई आर्थिक सहयोग भएको छ । घटना घटेको १० दिनपछि हेलिकप्टर बाट काठमाडौँ ल्याएर हाल किर्तिपुर स्थित फेक्ट अस्पतालमा उपचारत भाटलाई फ्रिडम फर अल नेपाल (फान) का अध्यक्ष डाक्टर सुन्दर थापा र उपाध्यक्ष राजु सुन्दासले आर्थिक सहयोग गरेका हुन । दुइ जना बाट संकलित १६ हजार नगद उपाध्यक्ष सुन्दासले अस्पातलमै पुगेर लक्ष्मीलाई हस्तान्तरण गरेका हुन । ठुलो रकम सहयोग गर्न नसकेपनि लक्ष्मीको उपचारमा सहयोग होस भनेर अध्यक्षको निर्देशन बमोजिम ब्यक्तिगत रुपमा हामीले केही रकम सहयोग गरेका हौ,उपाध्यक्ष राजुले भने । डाक्टरका अनुसार लक्ष्मीको अवस्थामा सुधार आउन अझै केही समय लाग्ने छ । विस्तारै बोल्न सक्ने लक्ष्मीलाई केहि दिनमा अप्रेशन गर्ने तयारी हुदै छ । उनको उपचारमा संलग्न डाक्टर किरण नकर्मीका अनुसार लक्ष्मीको पेटमा पाँच महिनाको बच्चा छ । आमा र बच्चाको ज्यान जोगाउने गरि उपचार भइरहेको छ । लक्ष्मीको रगतमा हेमोग्लोविनको मात्र पाँच मात्रै छ, अप्रेशनको लागि उक्त मात्रा १० चाहिन्छ । त्यसको लागि उनलाई थप रगत दिनुपर्छ । गृहमन्त्रालयले अस्पताललाई पत्र लेखेर उपचारमा कुनैकमी नगर्न निर्देशन दिएको छ ।   घटनामा संलग्न श्रीमान सन्तोष घटना घटेको भोली पल्ट देखि फरार छन ।प्रहरीले उनलाई समाउन नसकेपनि लक्ष्मीका दाइले सन्तोषका नाममा दिपायल प्रहरीमा किटानी सहित ज्यान मार्ने उद्योगमा मुद्धादर्ता गरेका छन्। अत्यन्तै कमजोर आर्थिक अवस्था भएकी लक्ष्मीलाई दैनिक छाकटार्न पनि धौ धौ हुने गरेको हाल काठमाडौमा लक्ष्मीको कुरुवा गदै आएका स्थानिय अंकल नाता पर्ने सुरेश भाट बताउछन । अहिले सुरेश र उनकी श्रीमती लक्ष्मीको अभिभावकको रुपमा काठमाडौमा छन ।