फानका प्रदेश संयाेजकहरुकाे अभिमुखीकरण कार्यक्रम सम्पन्न

फ्रिडम फर अल नेपाल (फान)का प्रदेश संयाेजकहरुकाे लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।फानकाे केन्द्रीय कार्यालय नागपाेखरी नक्सालमा भएको उक्त अभिमुखीकरण कार्यक्रममा फानका अध्यक्ष डा. सुन्दर थापाले सातै प्रदेशमा फानले मानव अधिकारकाे संरक्षणमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।अब फान देशभर विस्तार भएको भन्दै प्रदेश संयाेजकहरुलाई मानव अधिकार संरक्षण र प्रबर्द्धनमा लाग्न अनुरोध गरे ।मानव अधिकारकर्मी तथा प्राध्यापक कपिल श्रेष्ठले मानव अधिकार संरक्षणमा मानव अधिकार रक्षकले खेल्ने भुमिका बारे स्पष्ट पारे । फानका उपाध्यक्ष भक्तराज जाेशी,उपाध्यक्ष राजु सुन्दाश,सचिव डा.तेज राेका,डा. जाेमेश ओड,काेषाध्यक्ष पूर्ण रसाइली लगाएतकाे सहभागीता रहेको थियो ।फानका प्रदेश संयाेजकहरुलाई आवश्यक जिम्मेवारी सहित प्रदेशमा खटाइएको फानका महासचिव खगेन्द्र ओलीले जानकारी दिए ।महासचिव ओलीका अनुसार अब प्रदेश संयाेजकले प्रदेश भित्रका जिल्लामा मानव अधिकार,सामाजिक न्याय र सुशासनका गतिविधि अनुगमन गर्ने छन् ।कार्यक्रमकाे सहजिकरण फानका केन्द्रीय सदस्य कर्ण नेपाली ,कार्यकारी अधिकृत तुलसा आचार्य ,जाेमेश ओड ,खगेन्द्र ओली आदिले गरेका थिए ।   कार्यक्रममा प्रदेश १ र प्रदेश ७ बाहेक अन्य प्रदेश बाट सहभागीता रहेको थियोे ।प्रदेश २ बाट अजय कुमार साह,प्रदेश ३ बाट शान्ता अधिकारी ,प्रदेश ४ बाट बिगु भुसाल ,प्रदेश ५ बाट बसन्त भण्डारी र प्रदेश ७ बाट शेर बहादुर सार्कीकाे सहभागीता रहेको थियोे ।