मानव अधिकार संरक्षणका लागि सुरक्षा निकायका प्रतिनिधि र अधिकारकर्मीहरु बिच संवाद कार्यक्रम

नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल र अधिकारकर्मीहरु बिच मानव अधिकार संरक्षण र प्रवर्द्धनमा बृहत संवाद कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार संरक्षणमा सराेकारवालाहरुकाे भूमिका विषयक बृहत संवाद कार्यक्रममा अधिकारकर्मी र सुरक्षा निकायका अधिकृत स्तरका प्रतिनिधिहरु सँग छलफल भएको हाे । फ्रिडम फर अल नेपाल(फान) काे आयाेजना टेयर फण्ड नेपालकाे सहकार्य र राष्ट्रिय मानव अधिकार आयाेगकाे समन्वयमा मानव अधिकार संरक्षणमा सराेकारवाला निकायहरुकाे भूमिका बिषयक कार्यक्रममा यस्तो जमघट भएको हाे ।कार्यक्रममा सुरक्षा निकाय तथा अधिकारवादीहरुले अनुभव आदानप्रदान गरेका थिए ।नेपालमा मानव अधिकार संरक्षण र प्रवर्द्धन गर्ने सन्दर्भमा आफुहरु संवेदनशील भएको समेत सबैले प्रतिबद्धता जनाएका थिए ।   कार्यक्रममा मानव अधिकार आयाेगका अध्यक्ष तप बहादुर मगरले प्रत्येक नागरिक मानव अधिकार रक्षक भएको भन्दै एकअर्काको मानव अधिकार सम्मान र संरक्षणमा भुमिका खेल्नुपर्ने बताए ।आयाेगले देशमा भइरहेका मानव अधिकार उलंघनका घटनाहरु गम्भीर रुपमा हेरिरहेको भन्दै सरकारले बेला बेला मानव अधिकारकाे अवस्था समिक्षा गर्नुपर्ने बताए । यस्तै मानव अधिकारकर्मी प्रा.कपिल श्रेष्ठ र चरण प्रसाईंले नेपालकाे शान्ति प्रक्रियाकाे अन्तिम टुंगो नलागे सम्म धेरै प्रश्नहरु अन्तर्राष्ट्रिय रुपमा उठिरहने बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयाेगका अध्यक्ष तप बहादुर मगर,राष्ट्रिय मानव अधिकार आयाेगका सचिव मुरारी प्रसाद खरेल, नेपाली सेनाका उपरथि सुरेश कार्कि , जर्नेल जीवन दाहाल ,सशस्त्र प्रहरीका डिआइजि कुमार न्याैपाने,नेपाल प्रहरीको एसपी रञ्जु सिग्देल , अधिकारकर्मी नरेन्द्र खतिवडा , मानव अधिकार राष्ट्रिय महाभेला २०२१ का संयाेजक राेसना खड्का ,पूर्व सभाषद कमला विश्वकर्मा , आदिकाे सहभागीता रहेको थियो ।कार्यक्रमकाे सहजिकरण फान नेपालका महासचिव खगेन्द्र ओलीले गरेका थिए ।