सदस्यता आवेदन खुल्ला

मानव अधिकार,सुशासन र सामाजीक न्यायको क्षेत्रमा विगत १० वर्षदेखि क्रियाशिल गैरसरकारी संस्था फ्रिडम फर अल नेपाल  (फान) ले २०७८ भाद्र महिनामा आफ्नो ११ औं साधारण सभा गर्ने भएको छ । संस्थाको स्थापनाकाल देखि मानव अधिकार,सामाजीक न्याय र सुशासनको लागी निरन्तर क्रियाशिल भै संस्थाका ध्येए,उद्धेश्य अनुसार काम गरिरहेको छ । मानव अधिकारलाई समाजमा संस्कारकोरुपमा विकास गर्ने तथा सम्मानिनत र मर्यादित मानव समाज निमार्ण गर्न संधै प्रतिवद्ध रहेको छ । फानको कार्यक्षेत्रलाई थप फराकिलो र भाद्र महिनामा सम्पन्न हुने संस्थाको ११ औं साधारण सभालाई मर्यादित बनाउन संस्थाले साधारण सदस्य र आजीवन सदस्यको लागी संस्थाको विधानको परिच्छेद ३ धारा ७ धारा १० को उपधारा १ को (क) उपधारा ३ बमोजीम असार मसान्तसम्मको अवधि राखी सदस्यता आवेदन खुल्ला गरेको छ ।