७७ जिल्ला र सात प्रदेशमा फान द्वारा मानव अधिकार रक्षकको लागि विज्ञापन आह्वान

गत माघ १ गते गरेको विज्ञापनमा अपेक्षाकृत आवेदनहरु नआएपछि फेरि संस्थाले १ हप्ताको म्याद दिएर विज्ञापन गरेको छ ।काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फ्रिडम फर अल नेपाल (फान) ले आफ्नो कार्यक्षेत्र देशभर विस्तार गर्दै उक्त संख्यामा प्रतिनिधि तथा संयाेजकहरु माग गरेको हाे जिल्ला प्रतिनिधिकाे हकमा न्युनतम कक्षा १२ पास गरेको र मानव अधिकार तथा सामाजिक न्यायकाे क्षेत्रमा काम गरेको स्वयंसेवक भावना भएको हुनुपर्ने संस्थाले जनाएको छ ।यस्तै प्रदेश संयाेजककाे हकमा स्नातक पास गरेको र सम्बन्धि क्षेत्रमा अनुभव भएको हुनुपर्ने छ । इच्छुकले आगामी एक हप्ता भित्र नागरिकताकाे प्रतिलिपी र बायाेडाटा सम्बन्धित इमेलमा पठाउन सक्नेछन् ।यस्तै प्रारम्भिक चरणमा छनाैट भएपछि संस्थाले जानकारी गराउने बताइएकाे छ ।यस अगाडि आवेदन दिएकाहरुले भने पुनः आवेदन दिनुपर्ने छैन ।