साधारण सदस्यता नवीकरण बारे

मानव अधिकार,सुशासन र सामाजीक न्यायको क्षेत्रमा विगत १० वर्षदेखि क्रियाशिल गैरसरकारी संस्था फ्रिडम फर अल नेपाल  (फान) ले २०७८ भाद्र महिनामा आफ्नो ११ औं साधारण सभा गर्ने भएको छ । संस्थाको स्थापनाकाल देखि मानव अधिकार,सामाजीक न्याय र सुशासनको लागी निरन्तर क्रियाशिल भै संस्थाका ध्येए,उद्धेश्य अनुसार काम गरिरहेको छ । मानव अधिकारलाई समाजमा संस्कारकोरुपमा विकास गर्ने तथा सम्मानिनत र मर्यादित मानव समाज निमार्ण गर्न संधै प्रतिवद्ध रहेको छ । फानको कार्यक्षेत्रलाई थप फराकिलो र भाद्र महिनामा सम्पन्न हुने संस्थाको ११ औं साधारण सभालाई मर्यादित बनाउन संस्थाले साधारण सदस्य र आजीवन सदस्यको लागी संस्थाको विधानको परिच्छेद ३ धारा १० उपधारा १ को (ख) र (ग ) अनुसार असार मसान्तसम्मको अवधि राखी अनिवार्य सदस्यता नवीकरण का निमित्त आवेदन खुल्ला गरिएको छ ।